इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको संख्या ४ पुग्यो, ५०० जनाभन्दा बढी घाइते
शनिबार, १३ वैशाख २०८२, २१ : २६

तेहरान । इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५०० जना घाइते भएका छन्।
इरानको राहत तथा उद्धार संस्थाका प्रमुखले अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। घाइतेहरूको उपचारको लागि सहरका विभिन्न अस्पतालहरूमा व्यवस्था गरिएको छ।
इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ। यद्यपि, विस्फोटको कारण अझै पत्ता लागेको छैन।
शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो। बन्दरगाहका अधिकारीहरूले त्यहाँ धेरै कन्टेनरहरू विस्फोट भएको र त्यसपछि ठुलो आगलागी भएको बताएका छन्।
सरकारी टेलिभिजनमा प्रसारित तस्बिरहरूमा घटनास्थलबाट धुवाँ निस्किरहेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता