आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

डा.भट्टराई र भारतीय वरिष्ठ नेता डा.जोशीबिच भेटवार्ता

शनिबार, १३ वैशाख २०८२, २१ : १८
शनिबार, १३ वैशाख २०८२

नयाँ दिल्ली । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारतीय वरिष्ठ राजनीतिज्ञ डा.मुरली मनोहर जोशीसँग शनिबार भेटवार्ता गरेका छन् । जोशीको निवासमा भएको भेटघाट सौहार्दपूर्ण तथा भावनात्मक भएको उनको सचिवालयले जानकारी दिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराई शनिबार दिउँसो छिमेकी राष्ट्र भारत पुगेका हुन् । डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत पुगेको उनको सचिवालयको भनाइ छ । अधिवेशन भोलि आइतबारदेखि भारतको फरिदावादमा हुँदैछ । 

अध्यक्ष भट्टराईको साथमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप