आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन

शनिबार, १३ वैशाख २०८२, २० : ४८
शनिबार, १३ वैशाख २०८२

सिरहा । भाटभटेनी लुटपाट काण्डमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या गरिएको भन्दै नेपाल तरुण दल सिरहाले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला जलाएका छन् । तरुण दलका नेता तथा कार्यकर्ताहरूले गोलपार्कमा एक घण्टासम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै चक्काजाम पनि गरेका थिए । 

उनीहरूले ‘महेन्द्र यादवको बदनामी बन्द गर’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाल तरुण दल सिरहाका जिल्ला सभापति अर्बिन्द मण्डलका अनुसार नेता यादवलाई अनाहकमा भाटभटेनी लुटपाट काण्डमा जोडेर अपमानित गरिएको विरोधमा कार्यक्रम आयोजना गरिएको हो । 

यता, सहमहामन्त्री यादवले आफूलाई जोडिएको आरोप खारेज गर्दै आफ्ना दुई छोराहरू विकास यादव र आकाश यादव दुवै जना चिकित्सक भई विदेशमा रहेको प्रष्ट पारेका छन् । उनले मुकेश यादव नामका कुनै पनि छोरा नरहेको बताउँदै केही मिडियामा आएको भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

यसैगरी, आज बिहान धनुषाको जनकपुरमा पनि नेपाली कांग्रेस निकट नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन तथा चक्काजाम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप