राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग
न्युयोर्क । संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।
अप्रिल २५ मा जारी गरिएको प्रेस विज्ञप्तिमा काउन्सिलका अध्यक्ष फ्रान्सका जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार तथा पिडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आक्रमणले विश्वव्यापी आक्रोश निम्त्याएको जनाउँदै युएनएससीले अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने तत्कालीन आवश्यकतामा जोड दिएका छन् ।
आतङ्कवाद विश्वव्यापी शान्ति र सुरक्षाका लागि खतरा भएको परिषद्ले उल्लेख गरेको छ । विज्ञप्तिमा कुनै पनि निर्दोष नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्न नहुने विषयमा जोड दिएको छ । युएनएससीले जम्मू र कश्मीरको द्वन्द्वको प्रभावले आतङ्कवादी गतिविधिहरूमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ता थपिएको जनाइएको छ ।
आक्रमण प्रतिको जवाफदेहितामा जोड दिँदै युएनएससीले आक्रमणका जिम्मेवारहरू विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेको छ । विज्ञप्तिमा न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुन र विद्यमान सुरक्षा परिषद्को प्रस्ताव अन्तर्गत सहयोग गर्न सबै राष्ट्रलाई आग्रहसमेत गरिएको छ ।
जानकारी साझा गर्ने, संदिग्धहरूलाई सुपुर्दगी गर्ने र आतङ्कवादी सञ्जाललाई आर्थिक सहयोग कटौती गर्नेजस्ता कुराहरू अपिलमा समावेश छन् । राजनीतिक, वैचारिक वा धार्मिक अभिप्रेरणाको प्रवाह नगरी आतङ्कवाद कुनै पनि परिस्थितिमा अन्यायपूर्ण रहेको विज्ञप्तिमा दोहोर्याइएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मानव अधिकार र मानवीय दायित्वहरू लगायत अन्तर्राष्ट्रिय कानूनको आधारमा आतङ्कवादसँग लड्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रको बडापत्रलाई आत्मसाथ गर्दै परिषद्ले मौलिक स्वतन्त्रताको रक्षा गर्दै सुरक्षा खतराहरूलाई सम्बोधन गर्न कानुनी र समन्वित उपायहरूको आवश्यकतालाई जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता