भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरस्थित पहलगाम आक्रमणमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार पूर्वराजा शाहले सो घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका उनको संवाद सचिवालय एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पूर्वराजा शाहले भनेका छन् : ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ । यो घटनामा परि ज्यान गुमाएका एक नेपालीसहित सबै दिवङ्गत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली । साथै मृतकजनका सबै शोक सन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना । यसैगरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति हामी गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।
पूर्वराजा शाहले यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिध पाप कर्म भएको समेत बताएका छन् । यस्तो घटनाको विश्वव्यापी रूपमा भर्त्सना हुनुपर्ने र सबैबाट निन्दा गरिनुपर्छ भन्ने आफ्नो धारणा रहेको समेत बताएका छन् ।
केही दिनअघि पहलगाममा भएको आतंकवादी आक्रमणमा १ नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता