रौतहटको गौरमा एक पुरुष मृत भेटिए
शनिबार, १३ वैशाख २०८२, १८ : २०

रौतहट । रौतहटको गौरमा एक पुरुष मृत भेटिएका छन ।
गौर नगरपालिका–१ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो शव फेला परेको हो । साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकबारे अनुसन्धान थालेको प्रहरी प्रमुख दिलीप घिमिरेले बताए । उनका अनुसार बेवारिसे फेला परेको शवको परिचय खुल्न सकेको छैन ।
फेला परेको शव मागेर खाँदै हिँड्ने गरेका व्यक्तिको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अन्दाजी ३५ वर्षको उमेर रहेका व्यक्तिको शव पोस्टमार्टमका लागि अस्पताल पठाइको छ ।