छ्याङ्दी हाइड्रोपावरले १८ महिनापछि पायो हकप्रद अनुमति
शनिबार, १३ वैशाख २०८२, १७ : ५९

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले ३८ करोड ६९ लाखको हकप्रद निष्कासन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार हाइड्रोपावरलाई १ः१ अनुपात बराबरको हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।
उक्त कम्पनीसँग अहिले ३८ करोड ६९ लाख चुक्ता पुँजी रहेको छ । शत् प्रतिशत हकप्रद निष्कासनसँग चुक्ता पुँजी बढेर ७८ करोड हाराहारीमा पुग्नेछ ।
कम्पनी २ वर्षअघि नै उक्त हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । २०८० वैशाखमा बसेको कम्पनीको साधारणसभाले उक्त हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही वर्षको कात्तिकमा अनुमति माग्दै बोर्डमा पुगेको छ्याङ्दीले १८ महिनापछि हमप्रद निष्कासनको अनुमति पाएको हो ।