शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

‘बले’ लाई पुत्रलाभ

शनिबार, १३ वैशाख २०८२, १७ : ५७
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ भएको छ । गत बिहीबार लम्सालकी पत्नी स्नेहा दंगालले छोरालाई जन्म दिएकी हुन् । 

शनिबार स्नेहा र छोरालाई ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ । लम्सालले आमा र छोरा दुवैको अवस्था अहिले सामान्य रहेको बताएका छन् ।

लम्सालले गत असार ३० गते झापाकी स्नेहासँग विवाह गरेका थिए ।  पत्नी गर्भवती नै रहेको बेला रातोपाटीसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप