सशस्त्रलाई हराउँदै भलिबलको उपाधि पुलिसलाई
शनिबार, १३ वैशाख २०८२, १६ : ५१

काठमाडौँ । आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिस क्लबले एपीएफमाथि २५–१५, २५–२३ र २५–१६ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार प्राप्त गर्यो भने उपविजेता एपीएफले २ लाख ५० हजार प्राप्त गर्यो । प्रतियोगितामा कुल ५ टोली को सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता
-
ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित