कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
शनिबार, १३ वैशाख २०८२, १६ : ११

कलैया । मधेस मुख्यमन्त्री सतिस सिंह बाराको कलैयामा निजी अस्तपताको अनुगमनमा छन् । शनिबार बिहानदेखि मुख्यमन्त्री सिंहले निजी अस्पतालहरुको अनुगमन सुरु गरेका हुन् ।
यसैबिच मुख्यमन्त्री सिंहले कलैयाको योगशिला अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । मापदण्डविरीत सञ्चालन भएको पाइएपछि उनले तत्कालै बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
१५ शय्याको यस अस्पतालमा शल्यक्रियाका गर्न नमिल्ने अनुगमनका क्रममा देखिएको थियो ।
गएको २५ माघदेखि मुख्यमन्त्री सिंहले मधेश प्रदेशभरि रहेका निजी अस्पतालको अनुगमन गरिरहेका छन् । हालसम्म मुख्यमन्त्री सिंहले प्रदेशका १८० वटा निजी अस्पतालहरू अनुगमन गरिसकेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जसमध्ये १३३ वटा वटा मापदण्डविपरीत सञ्चालित रहेको पाइएको छ ।