शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि

शनिबार, १३ वैशाख २०८२, १६ : १०
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ।  नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२५ एसिया कप ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तरगत भएको ट्राईयाथलनको पुरुष तर्फ अस्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् ।

पोखराको फेवा लेकमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । पिटरले उपाधिका साथ मेडल, प्रमाण पत्र र नगद ६३० डलर प्राप्त गरे । इजरायलका इतामर लेभाननले ५३ मिनट ५९ सेकेन्ड समयका साथ दोस्रो स्थान प्राप्त गरे । उनले मेडल, प्रमाण पत्रका साथ ५२५ डलर प्राप्त गरे । ५४ मिनट ०२ सेकेन्ड समयका साथ तेश्रो स्थान प्राप्त गरेका जापानका तेपी तोकुयामाले मेडल, प्रमाण पत्रका साथ ४२० डलर प्राप्त गरे । चौथो स्थान प्राप्त गरेका कोरियाका त्येगी किमले ३१५ डलर र पाँचौँ स्थानमा रहेका जापानका तुया कोबायासीले नगद २१० डलर प्राप्त गरे ।

पार्कले समान दुरी १ घण्टा ४१ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेकी हुन् । उनले मेडल, प्रमाण पत्रका साथ नगद ६३० डलर प्राप्त गरिन् । १ घण्टा १ मिनट ५३ सेकेन्ड समयका साथ दोस्रो स्थानमा रहेकी जापानकी काने ताकेनाकाले मेडल प्रमाण पत्रका साथ ५२५ डलर र १ घण्टा २ मिनट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनोले मेडल प्रमाण पत्रका साथ ४२० डलर प्राप्त गरिन् । चौथो स्थानमा जापानकी ईकुमी सेतो र पाँचौँ स्थानमा उज्वेकिस्तानकी अलिना खाकी मोभा रहे । उनीहरूले क्रमशः ५१५ र २१० डलर प्राप्त गरे ।

दक्षिण एसियाली च्याम्पियन तर्फ भारतले एकाधिकार जमायो । नेपाल भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ भारतका सरुङ्गबाम अथोबा मेतीले ५८ मिनट १५ सेकेन्ड समयका साथ प्रथम र भारतकै पर्थ मिराजले १ घण्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोस्रो स्थान हात पारे । यस्तै महिला तर्फ पनि भारलेनै स्थान कब्जा गर्‍यो । १ घण्टा ४ मिनट ३३ सेकेन्ड समयका साथ डोल्ली देवीदास पाटिल प्रथम र दोस्रो स्थानमा १ घण्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ मानसी मोहित रहिन । यस्तै जुनियर तर्फ भारतका श्रीदथ सुदिरले १ घण्टा ६ मिनट ५ सेकेन्ड समयका साथ उपाधि जिते । विजयी खेलाडीहरूले मेडल प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपाल सहित भारत, बंगालादेश, जापान, कोरिया, इजरायल, अस्ट्रिया, उज्बेकिस्तान, इष्टोनिया र पोटोरिकोको गरि पुरुष तर्फ ३० र महिला तर्फ १६ खेलाडीहरूको सहभागिता रहेको थियो ।

नेपाल ट्राइयाथलन संघले कोभिड महामारीबा बखतमा बाहेक सन् २०१२ देखि दक्षिण एसियाली ट्राईयाथलन च्याम्पियनसिप र सन् २०१९ देखि एसिया ट्राइयाथलन कप निरन्तर आयोजना गर्दै आइरहेको छ । एसिया कप यो सहित पाँचौँ संस्करण रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप