सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भनेर सोधौँ : धनराज गुरुङ

काठमाडौँ । नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले पत्रकारलाई सरकार ढल्ने र बन्नेतिर भन्दा पनि सात बुँदे सम्झौता कार्यान्वयनतिर ध्यान दिन आग्रह गरेका छन् । स्याङ्जा पत्रकार समाज नेपालको आयोजनामा काठमाडौँमा आयोजना गरेको नव वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापानमा कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् ।
उनले भने, ‘अहिले जहाँ गए पनि पत्रकारको प्रश्न सरकार कहिले ढल्छ भन्ने गर्नुहुन्छ । मैले पत्रकारहरूलाई आग्रह गर्छु सरकार कहिले ढल्छ होइन सात बुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् ।’
इतिहासमा अहिलेसम्मकै बलियो सरकार अहिलेको सरकार भएको हुँदा सरकार ढल्ने परिकल्पना पनि गर्न सकिने बताए । उनले भने, ‘यो सरकार इतिहासकै बलियो सरकार हो, ढल्ने परिकल्पना गर्न सकिँदैन ।’
देशलाई स्थायित्व प्रदान गर्न अहिलेको सरकार बनेको भन्दै जनताको पक्षमा काम नगर्ने छुट यो सरकारलाई नभएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै उनले स्याङ्जाको लाइफलाइनको रूपमा रहेको सिद्धार्थ राजमार्ग अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने बताए । उनले भने– ‘सिद्धार्थ राजमार्गको विषयमा अर्थमन्त्रीसँग पटक–पटक कुरा भएको छ । अहिलेको नीति तथा कार्यक्रममा पनि पर्छ र त्यसको लागि बजेट पनि विनियोजन हुन्छ ।’
शिक्षकको आन्दोलनको विषयमा राय राख्दै उनले ऐन पसलबाट समान किने जस्तो नहुने बताए । उनले भने, ‘शिक्षकहरू यतिबेला सडकमा हुनुहुन्छ, ऐन लिएर मात्रै जाने भन्नुहुन्छ, ऐन पसलमा समान किने जस्तो होइन ।’
ऐन छिटो जारी गर्न रातदिन काम गरेको भन्दै संशोधन धेरै परेको हुँदा अल्लि ढिला भएको भन्दै ऐन जारी गर्ने काम तीव्र रूपमा अगाडि बढेको बताए । देशको पुरै शिक्षा क्षेत्र मिलाउन कानुन बनाउँदा सबैको राय समेटेर बनाउनुपर्ने भन्दै शिक्षा ऐन आउन थोरै ढिला भएको धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा