शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

दुई अर्बको सिमेन्ट भारत निर्यात

शनिबार, १३ वैशाख २०८२, १४ : ३३
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म दुई अर्ब बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको छ ।

यो अवधिमा २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बराबरको १२ लाख ३६ हजार ४३६ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब  ५५ करोड १४ लाख रुपैयाँको ७ लाख ५५ हजार ६४३ मेट्रिक टन सिमेन्ट र ६४ करोड २० लाख रुपैयाँ बराबरको क्लिङ्कर निर्यात भएको हो ।

फागुनसम्म १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ३३  करोड ३३ लाख रुपैयाँको ७२४५३० मेट्रिक टन सिमेनट र ६१ करोड  ६३ लाख रुपैयाँ बराबरको ४ लाख ७६ हजार ४५२ मेट्रिक टन सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । 

यसअनुसार चैतमा मात्रै २४ करोड ३८ लाख रुपैयाँ बराबरको ३५४५५ मेट्रिक टन सिमेन्ट निर्यात भएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप