शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

शनिबार, १३ वैशाख २०८२, १४ : ३३
शनिबार, १३ वैशाख २०८२

इलाम । इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका–४ सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल रहेका छन् ।

उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईंलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरूबिच माना चामल र अंश मुद्दा अदालतमा चलिरहेको प्रहरीको भनाई छ ।

शुक्रबार साँझ विवादका कारण दुलालले चापागाईँलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाइते बनाएका थिए । चापागाईँको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप