२० करोड बराबरको यार्सागुम्बा निर्यात
शनिबार, १३ वैशाख २०८२, १२ : २०

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागकाअनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको छ ।
कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।
फागुनसम्ममा २० करोड ७ लाख ५३ हजार रुपैयाँको ४८१ किलो यार्सागुम्बा निर्यात भएको थियो । यसअनुसार चैतमा जम्मा २१ लाख रुपैयाँको ४ किलो यार्सागुम्बा निर्यात भएको देखिन्छ ।