शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?

शनिबार, १३ वैशाख २०८२, १२ : १३
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज साबिक विजेता ललितपुर एफसी र पोखरा थन्डर्स एफसी आमनेसामने हुँदैछन् । खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।

लिग चरणमा अपराजित रहेको ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाउन सफल भएको थियो । टोलीले ६ खेलमध्ये ३ मा जित र ३ मा बराबरी खेलेको थियो ।

उता, पोखरा थन्डर्सले भने दोस्रो क्वालिफायरमा धनगढीलाई नै स्तब्ध बनाउँदै फाइनलको यात्रा तय गरेको थियो । पोखराले लिग चरणमा खेलिएका ६ मध्ये २ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो ।

हालसम्म प्रतियोगितामा पोखराले ललितपुरलाई हराउन सकेको छैन । दुई टोली लिगमा अहिलेसम्म ४ पटक आमनेसामने भएका छन् । यसमध्ये दुई खेलमा ललितपुर एफसी विजयी भएको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप