शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान

शनिबार, १३ वैशाख २०८२, १२ : ०४
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई शनिबार छिमेकी राष्ट्र भारत प्रस्थान गरेका छन् । नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइट मार्फत भारत गएका हुन् ।

डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेको पनि उपाध्यक्ष यमीले जानकारी दिइन् । अधिवेशन भोलि आइतबारबाट भारतको फरिदावादमा हुँदैछ । 

अध्यक्ष भट्टराईको साथमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषीयमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप