शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ : ट्रम्प

शनिबार, १३ वैशाख २०८२, ११ : ५७
शनिबार, १३ वैशाख २०८२

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ पुगेको बताएका छन्। केही घण्टा अघि मात्र अमेरिकी विशेष दूत स्टीव विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मस्कोमा भेटवार्ता भएको थियो।

भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकफबिचको वार्ता रचनात्मक र उपयोगी भएको बताए। पुटिन र स्टिभ विटकफबिचको छलफलको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘रुस र युक्रेनबिच शान्ति सम्झौतामा पुग्ने प्रयास सफलतापूर्वकु भइरहेको छ।’

यसैबिच, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडियो सम्बोधन गरेका थिए । उनले भने, ‘रूसलाई बिना शर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ।’  हालै पुटिनले पनि जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप