एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
शनिबार, १३ वैशाख २०८२, ११ : १३

हेटौँडा । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । आफैँले चलाएको स्कुटर दुर्घटनामा परेर अध्यक्ष पोखरेल गम्भीर घाइते भएका हुन् ।
हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडि उनले चलाएको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान ८ बजेको समयमा आफैँले चलाएको बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर ब्रेकफेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी र्काालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा राखेर उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक
-
सशस्त्रलाई हराउँदै भलिबलको उपाधि पुलिसलाई
-
घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ