जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
शनिबार, १३ वैशाख २०८२, १० : ११

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच आगामी वैशाख १७ गते पार्टी एकताको घोषणा हुन गइरहेको छ । दुवै पार्टी यसको व्यापक तयारीमा जुटेका छन् ।
एकीकरणको विषयमा थप छलफलका लागि भन्दै जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी मंगलबार बेलुका ६ बजे पार्टीको कार्यालय मध्यवानेश्वरमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन नेताहरूलाई आग्रह गरिएको छ ।
बुधबार हुने पार्टी एकता कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन आमन्त्रण पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित
-
वर–पिपलको छायामा बसेर...
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा