शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

धोनी र शमीको नाममा नयाँ रेकर्ड

शनिबार, १३ वैशाख २०८२, ०९ : १०
शनिबार, १३ वैशाख २०८२

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा सनराइजर्स हैदराबादले शुक्रबार आफ्नै घरेलु मैदान चेपकमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्‍यो । यो हैदराबादको ९ खेलमा तेस्रो जित थियो भने चेन्नईले ९ खेलमध्ये सातौँ हार बेहोरेको छ ।

यस खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले एउटा नयाँ उपलब्धि हासिल गरे। धोनी ४०० टी–२० खेल खेल्ने चौथो भारतीय खेलाडी बनेका छन् । धोनीभन्दा अगाडि रोहित शर्मा, विराट कोहली र दिनेश कार्तिकले ४०० टी–२० खेल खेलिसकेका छन् ।

यसैगरी, मोहम्मद शमी आईपीएल खेलको पहिलो बलमा सबैभन्दा धेरै विकेट लिने बलर बने । उनले चौथो पटक यो उपलब्धि हासिल गरे । शमीले शेख रशिदलाई शून्यको स्कोरमा पभेलियन पठाएका थिए ।

शमीबाहेक उमेश यादव, ट्रेन्ट बोल्ट, प्रविण कुमार, लसिथ मलिंगा, भुवनेश्वर कुमार र अशोक डिंडाले ३–३ पटक पहिलो बलमा विकेट लिन सफल भएका छन् ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप