शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार

शनिबार, १३ वैशाख २०८२, ०८ : २८
शनिबार, १३ वैशाख २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार भारत भ्रमणको तयारीमा जुटिरहेको छ। मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा प्रदेश सरकारको १० सदस्यीय टोली यही वैशाख १६ गतेदेखि २२ गतेसम्म भारत भ्रमणमा निस्कने कार्यक्रम तय गरिएको छ। भ्रमण भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा सम्पन्न हुने बताइएको छ।

भारत भ्रमणको सन्दर्भमा आवश्यक समन्वय तथा जानकारीका लागि मुख्यमन्त्री शाहले बिहीबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका थिए। नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सबै दललाई औपचारिक रूपमा उपस्थितिका लागि आग्रह गरेका थिए। तर, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उक्त बैठकमा सहभागिता जनाएन।

माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले सरकार प्रदेश सभा बैठक समयअघि नै अन्त्य गरेर छलफल र प्रश्नोत्तर प्रक्रिया टारेको आरोप लगाए। 'सरकारले प्रश्नहरूबाट भाग्न खोजेको अवस्थामा मुख्यमन्त्रीद्वारा बोलाइएको बैठकको कुनै औचित्य छैन', नेता धामीले प्रतिक्रिया दिएका छन्।

उनले प्रदेशका जनसमस्याहरू सम्बोधन गर्नुपर्ने बेला सत्तापक्ष विदेश भ्रमणमा जुट्नु जनताप्रति गम्भीर बेवास्ता भएको बताए।माओवादी केन्द्रले प्रदेश सरकारको कार्यशैलीप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप