शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट

शनिबार, १३ वैशाख २०८२, ०७ : ५९
शनिबार, १३ वैशाख २०८२

धनगढी । अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बिहान करिब साढे ३ बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले आसपासका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको हो।

विद्युत् सर्ट भएर सल्किएको आगो होटलबाट सुरु भई छेउछाउका पसलहरूमा डढेलो सरह फैलिँदा ठुलो क्षति भएको स्थानीय व्यवसायीहरूले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार आगलागीको कारण पूर्ण रूपमा विद्युत् सर्ट मानिएको छ र हालसम्म मानवीय क्षतिको विवरण आएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। क्षतिको विवरण पनि सङ्कलन गरिँदै छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप