शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

शनिबार, १३ वैशाख २०८२, ०७ : ५०
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए। 

उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ । 

उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा थिएनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप