पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया

काठमाडौं । एक जना रुसी सहयोगीले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका दूतबीच रचनात्मक बैठक भएको बताएका छन् । जसलाई उनले अति उपयोगी समेत भनेका छन् ।
पुटिनका सहयोगी यूरी उशाकोभका अनुसार अमेरिकी दूत स्टीभ विटफोक र पुटिनबीच मस्कोमा तीन घण्टा रचनात्मक वार्ता भएको हो । उशाकोभले रुस र युक्रेनबीच सीधा वार्ता फेरि सुरु हुने सम्भावना चर्चाको मुख्य विन्दु रहेको बताएका छन् । उनले भने, ‘रुस, अमेरिका र युक्रेन मात्रै नभई अन्य अन्तर्राष्ट्रिय मुद्दामाथि समेत निकटस्थता बढेको छ ।’
अमेरिकाले बैठकका दौरान भएको छलफलबारे कुनै विवरण जारी गरेको छैन । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षबीच शान्ति सम्झौता गराउने काम पुनः चलेको बताएका छन् ।
उता, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले सहयोगीसँग रुसमाथि अधिक दबाब दिन आग्रह गरेका छन् । उनले अमेरिकाद्वारा प्रस्तुत हालैको अस्थायी युद्धविराममा मस्को सहमत हुन असफल रहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि