आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियो आठौं नम्बरमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स सातौं हार व्यहोर्दै पुछारमै थन्किएको छ । शुक्रबार राती भएको खेलमा पनि सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित हुँदै चेन्नई पुछार मै थन्किएको हो । हैदरावादले भने पुछारबाट दोस्रो स्थान छाडेको छ । उ ६ अंक जोड्दै एक स्थान माथि आठौं नम्बरमा उक्लिएको छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको चेन्नईल निर्धारित २० ओभरमा एक बल बाँकी छँदा अलआउट हुँदै १५४ रन बनायो । १५५ रनको चुनौति पछ्याएको हैदरावादले १८ ओभर ४ बलमा जम्मा ५ विकेट गुमाएर चुनौति पार गर्यो ।
चेन्नईका लागि डेवाल्ड ब्रेभिसले ४२ रन बनाए । आयुष म्हात्रेले ३० रन जोड्दा दीपक हुडाले २२ तथा रविन्द्र जडेजाले २१ रनको योगदान दिए । अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । हैदरावादका हर्षल पटेल एक्लैले चार विकेट लिए । यस्तै, पट कमिन्स र जयदेव उनादकटले दुई–दुई विकेट हात पारे ।
चेन्नईको घरेलु मैदान एमए चिदम्बरम रंगशालामा भएको खेलमा हैदरावादका इशान किसनले सर्वाधिक ४४ रन बनाए । कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदा ट्रेभिस हेड, अनिकेत वर्मा र नीतिश कुमार रेड्डीले समान १९–१९ रनको योगदान दिए । चेन्नईका नूर अहमदले दुई विकेट लिँदा अन्य तीन बलरले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो