गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा

लन्डन । लन्डनमा यही आइतबार हुन् गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा सहभागी हुन गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ शुक्रबार लन्डन आइपुगेको छ । आइतबार हुन लागेको कमेडी र सङ्गीत मिश्रित कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि गायक भट्टराई र ब्यान्ड ६ सदस्य शुक्रबार लन्डन हिथ्रो उत्रिएका हुन् ।
कलाकारहरूलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डेसहित अन्य सदस्यहरूले स्वागत गरेका थिए। गायक भट्टराईले २७ अप्रिल साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर ‘इन्जोय’ गर्न अपिल गरे ।
‘यस्तो मौका सधैँ जुर्दैन । हामीहरू लाइभ गीत सङ्गीत प्रस्तुत गर्न धेरै टाढाबाट आएका छौँ । तपाईंहरु आएर साथ दिनुपर्छ है’ उनले भने । महानायक राजेश हमाल र हास्य कलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) यस अघि नै लन्डन आइसकेका छन् ।
महानायक हमाल पहिलो पटक स्ट्याण्ड अप कमेडीका रूपमा स्टेजमा उत्रनेछन् । माया इभेन्ट्सका निर्देशक राज पाण्डेले आफूहरू इभेन्ट ऐतिहासिक बनाउन जुटिरहेको जनाउँदै समस्त दर्शकहरूलाई पनि कार्यक्रममा आएर साथ दिन अनुरोध गरे । ‘यस्तो कार्यक्रम एक ठाउँ ह्यारोमा मात्र हुने भएकोले मिस नगर्नुहोला’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य