शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक

शुक्रबार, १२ वैशाख २०८२, २३ : ०१
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ  । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छिन् । वैशाख १७ गते डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुन गइरहेको छ । त्यसअघि वैशाख १५ गते केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् । 

एकीकरणको विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकता र मतदाता परिचयपत्र समेत साथमा ल्याउन अध्यक्ष श्रेष्ठले भनेकी छिन् । 

एकताका सबै तयारी पुरा भएको छ । पार्टीको नाम जनमत पार्टी र चुनाव चिन्ह ढकिया रहने सहमति भइसकेको छ भने पार्टीको कार्यकारी अध्यक्ष राउत रहने छन् । नयाँ पार्टीको संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । केन्द्रीय समितिमा दुवै पार्टीबाट आधा आधा भागबन्डा लगाउने तयारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप