केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि

धुलिखेल । काठमाडौँ विश्वविद्यालयको बहुप्रतीक्षित खेलकुद महोत्सव केयू रनिङ शिल्ड २०८२ आज एक भव्य समापन समारोहसहित सम्पन्न भएको छ। साताव्यापी प्रतिस्पर्धामा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसले शानदार प्रदर्शन गर्दै सबैभन्दा बढी स्वर्ण पदक जितेर यस वर्षको प्रतिष्ठित शिल्ड आफ्नो नाममा गर्न सफल भएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न भएको थियो भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले खेलकुदले विद्यार्थीहरूमा नेतृत्व क्षमता, स्वअनुशासन र आपसी सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ विश्वविद्यालयका सातवटै स्कुलहरूसहित आठभन्दा बढी सम्बन्धन प्राप्त कलेजहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो। देशैभरका विभिन्न विद्यार्थीहरूको सहभागिताले प्रतिस्पर्धालाई समावेशी, ऊर्जाशील र प्रेरणादायी बनाएको छ । प्रतियोगिताका विभिन्न खेल विधाहरूमा विद्यालयहरूबिच उत्कट प्रतिस्पर्धा देखिएको थियो। स्कुल अफ ल , स्कुल अफ म्यानेजमेन्ट सहितका क्याम्पस समेतले उत्कृष्ट प्रदर्शन गरी प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएका थिए।
यस वर्षको केयू रनिङ शिल्ड ले खेलकुदको माध्यमबाट विद्यार्थीसँगै विश्वविद्यालय समुदायमा आपसी एकता र समावेशी भावना अभिवृद्धि गर्न सफल भएको आयोजकहरूको विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन