शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ

शुक्रबार, १२ वैशाख २०८२, २२ : ०३
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । टेलिकम्युनिकेसन र आइटीसहितको डिग्री लिएर रुसबाट नेपाल फर्किँदा रोजगार नापाएका निरञ्जन कुँवर अहिले मल्टी नेशनल कम्पनीमा साइबर विज्ञको रूपमा  कार्यरत छन् ।

अहिले उनी नेपाललाई एसिया र ग्लोवल्ली साइबर सेक्युरिटी एवं टेक्नोलोजीको ‘इनोभेसन हब’ बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छन् ।

कुँवर बेलायत मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी सेवा प्रदायक परामर्शदाता कम्पनी जेनेस सलुसनमा प्रमुख प्रविधि अधिकृत (सीटीओ)तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) साइबर सुरक्षा विज्ञको रूपमा कार्यरत छन् ।

nn

उनी आबद्ध आइटी, साइबर सेक्युरिटी फर्म जेनेस सलुसन क्लाउड सर्भिस प्रोभाइडर पनि हो । यसका यूकेबाहेक बङ्गलादेश, नाइजेरिया, अमेरिकासहित १० वटा देशमा शाखा छन् । नेपालमा एकसय हाराहारी कर्मचारी कार्यरत छन् ।

‘नेपाललाई जलश्रोत, कृषिप्रधान देश भने पनि प्रविधिमा कसैले रोक्न सक्दैन । छिमेकीको तुलनामा हामी १० वर्ष मात्र पछाडि छौँ’, उनले भने, ‘नेपालमै अवसर क्रिएट गर्न म जेनेसमा आबद्ध भएको हुँ । नेपालमा पनि डिजिटल ट्रान्सफर्मेसन भइरहेको छ । टेक्नोलोजी कम्पनी धेरै छन् नेपालमा । सम्भावना र चुनौती दुवै छ त्यहाँ ।’

nn 2

२६ वर्षको आफ्नो अनुभव नेपाललाई दिन चाहेको उनले बताए । उनी ६ महिनादेखि जेनेसमा ग्लोबल चिफ टेक्नोलोजी र चिफ सेक्युरिटी अफिसर छन् । ‘साइबर सेक्युरिटी अहिले एकदम महत्त्वपूर्ण छ । डेटा चोरी, ह्याकिङ आदि जोखिम रोक्ने प्रविधि उपलब्ध गराउन हामी काम गर्छौँ’, उनले भने ।

पोखराका स्थायी बासिन्दा हुन् कुँवर। पोखराकै माउण्ट अन्नपूर्ण बोर्डिङ स्कुल पढे । पोखरामा एसएसलसी सकेर अस्कलबाट आइएससी उत्तीर्ण भएपछि थप अध्ययनका लागि सन् १९९२ मा रुस गए उनी । एक वर्ष रुसी भाषा सिकेर रेडियो कम्युनिकेसन र इलेक्ट्रोनिक्स इन्जिनियरिङमा मास्टर्स गर्न सेन्ट पिटर्सवर्ग पुगे । स्टेट युनिभर्सिटी अफ टेलि कम्युनिकेसनमा ५ वर्षको कोर्स थियो ।

त्यतिबेला भर्खर इन्टरनेट आएको थियो । तेस्रो वर्ष पढ्दा पढ्दै अर्को युनीमा बेलुका आइटी पढ्न थाले किनकि विश्वमै आइटी स्कोप बढिरहेको थियो । कुँवर नेपाल फर्कनुअघि ६ वर्षमा ल्याङ्वेजसहित टेलिकम्युनिकेसन र आइटी डिग्री लिएर फर्किएका थिए  ।

‘रुसमा पढेपछि त नेपालमा केही काम पाउँछु, डिमान्ड होला भनेर उत्साहित भएर गएको तर काम पाइएन । काठमाडौँ तीन महिना बसेर सबैतिर अप्लाई गरेँ । भोलेन्टियर गर्छु भन्दा पनि दिएनन्’, उनले विगत सङ्घर्ष स्मरण गरे, ‘पोखरा फर्किएपछि पोखराकै हिमालयन कम्प्युटर फ्रिमा काम सुरु गरेर पछि जागिरे भए ।’

उनलाई कम्प्युटर सप्लाई, मर्मत, इन्टरनेटको काम थियो । १० महिना काम गरेपछि सन् १९९९ मा हङकङ जाने अवसर मिल्यो ।

सुरुतिर त उनलाई हङकङमा पनि काम पाउन गारो भएको थियो । श्रीमतीको रेष्टुरेन्टको सानो कामले सर्भाइभ गर्नु परेको थियो । ब्रिटिस काउन्सिलमा निःशुल्क कम्प्युटर प्रयोग गर्न पाइन्थ्यो । तीन महिनापछि उनले जापनिज कम्पनी इन्टरनेट सलुसन लि. मा जुनियर इन्जिनियरका रूपमा काम पाए । उनले पछि तीन वटा विभागको संयोजक भए उनी । इन्टरनेट सोलुसन लि. मा नेटवर्क, साइबर सेक्युरिटी आदिको जिम्मेवारी लिएर करिब ८ वर्ष काम गरे  ।

हङकङको पोलिटेक्निक युनिभर्सिटीमा सन् २००५ मा आइटीमा मास्टर्स पनि गरे । सन् २००७ मा हङकङ छोडेर त्यही साल यूके आए निरञ्जन । करिब १८ वर्षको यूके बसाइमा उनले धेरै मल्टिनेशनल कम्पनीमा काम गरे । बेलायत आएको एक हप्तामै काम पाएका थिए । 

यहाँ करिअर प्रोगेसन धेरै राम्रो भएको उनी बत्ताउँछन् । मल्टिनेशनल अमेरिकी कम्पनीमा काम गर्ने अवसर पाए । अनिल अम्बानी र मुकेश अम्बानीको रिलायन्स ग्लोबल कम्पनीमा तीन वर्ष र माइम काष्टमा एक वर्ष काम गरे । 

पोलिकम अमेरिकी कम्पनीमा नेटवर्क म्यानेजर भएर काम गरेको अनुभव पनि उनीसङ छ । अमेरिकी साइबर सेक्युरिटी कम्पनी म्याकअफीमा दुई वर्ष काम गरे ।निरञ्जनले अमेरिकाको एट्लान्टा मुख्यालय रहेको इन्भेस्कोमा हेड अफ ग्लोबल एण्ड इन्फास्ट्रक्चर्स एन्ड एप्लिकेशन सेक्युरिटी भएर साढे ५ वर्ष काम गरेका थिए ।

अर्को अमेरिकी कम्पनी भोन्टियरमा पनि इन्फर्मेएसन सेक्युरिटीको सिनियर डिरेक्टर भएर तीन वर्ष काम गरे । कुँवरले सन् २०२२ मा अमेरिकाको क्वान्टेक युनी अफ टेक्नोलोजीमा एक्जुकेटिभ एमबीए डिग्री समेत गरे ।

सन् २०१८ तिर निरञ्जन र साथीहरु मिलेर नेपालमा साइबर सेक्युरिटी कम्पनी खोल्ने प्रयास गरे । उनी नेपाल गएर केही आइटी कम्पनीसंग सहकार्य गर्न सकिन्छ कि भनेर भेटघाट पनि गरे तर सोचेजस्तो भएन ।

कुँवर सन् २०२३ मा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलसंग भेट भएपछि साइबर सेक्युरिटी डिपार्टमेन्ट खोल्ने सल्लाहमा जेनिसमा लगानी गर्दै भित्रिएका थिए  । उनी र अन्जनी साइबर सेक्युरिटी डिभिजनमा को–फाउण्डर भए ।

जेनेसका क्लाउड कम्युटिङ, साइबर सेक्युरिटी, सफ्टवेयर डेभलप्मेन्ट र म्यानेज सर्भिसेस् सेवा छन् । ए आइलाई आइटी रेभुलोसनमा महत्त्वपूर्ण ठान्छन् उनी । ‘समाज परिवर्तन गर्ने वाला छ यसले । ए आइ कसरी इन्टिग्रेट गराउने भन्ने मुख्य कुरा हो’, उनले सुनाए । 

nn 3

नयाँ पुस्तालाई प्यासन र साइबर सेक्युरिटी वा प्रविधिमा केही गर्ने चाहना छ भने अहिले सजिलो रहेको उनले बताए किनकी इन्टरनेटमा धेरै कुरा निःशुल्क पाइन्छ ।अहिले साइबर क्राइम, ह्याकिङले सबैलाई प्रभाव पारेको अवस्था छ । इन्डिभिज्यूअल (पर्सनल) लेभल, अर्गनाइजेशनल र सरकारी लेभलमा यसको प्रभाव देखिन्छ ।

निरञ्जन इन्डिभिज्यूअलमा पासवर्ड राख्दा कम्तीमा १२ वटा शब्द, मल्टी फ्याक्टर अथेन्टिकेसन र सबै पासवर्ड एउटै नराख्न सुझाउंछन् । पसर्नल इन्फरमेसन सकेसम्म इन्टरनेट वा सोसल मिडियामा राख्न नहुने कुँवरको बुझाइ छ ।

दोश्रो फिसिङ इमेल (झुक्याएर लिंक क्लिक गराउने खालका) मा नफस्न उनले सुझाव दिए ।अर्गनाइजेसनल लेभलमा साइबर सेक्युरिटीमा लगानी बढिरहेपनि खासगरि पिपल, प्रोसेस र टेक्नोलोजीमा अझ आवश्यक छ ।सरकारी लेभलमा उपयुक्त, नीति बनाएर सचेतना र कार्यान्वयन संगै अगाडि लैजानुपर्ने उनको भनाइ छ । 

नेपालको साइबर सेक्युरिटी अझै अपरिपक्व अवस्थामा रहेको कुँवरले बताए । उनका अनुसार बैंक र फाइनान्सियल इन्सटिच्यूसनहरुले विस्तारै लगानी गर्न थालेका छन् । तर अन्य क्षेत्र अझै साइबर सुरक्षातर्फ सचेत देखिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप