शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती

शुक्रबार, १२ वैशाख २०८२, २० : ५३
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । मोडल उषा उप्रेती फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी एक्सन स्टार निखिल उप्रेतीले निर्देशन गर्न लागेको फिल्म ‘आचार्य’ मार्फत फिल्म अभिनयमा देखिन लागेकी हुन् ।

निखिलको फिल्ममा आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत उषाले जानकारी दिएकी छन् । निखिल केही समयपछि फिल्म क्षेत्रमा कमब्याक हुन लागेका हुन् ।  फिल्ममा निखिल र सञ्चिता लुइँटेल समेत मुख्य भूमिकामा देखिनेछन् ।

फिल्मको निर्माण पनि निखिलले गर्न लागेका हुन् ।  फिल्मको विषयमा अन्य जानकारी कार्यक्रम सहित गराउने सोच निखिलको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप