शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत

शुक्रबार, १२ वैशाख २०८२, १९ : १७
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । सुरेन गौतमको शब्द तथा स्वर, कल्याण सिंहको संगीत रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ । 

भिडियोले प्रेम र जिम्मेवारीबिचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत छ । सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन् ।

भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा केन्द्रित छ, जसको सुरुवात विद्यालय जीवनदेखि हुन्छ । एक अर्कामा गहिरो माया राख्ने उनीहरू भविष्यको सुनौलो सपना बाँड्छन्, तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्ला दिशातर्फ डोर्‍याउँछ ।

गीतको भिडियो राज पोखरेलले छायाङ्कन गरेका हुन् भने सम्पादन विष्णुहरि तिमल्सेनाको रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप