जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
शुक्रबार, १२ वैशाख २०८२, १९ : १७

काठमाडौँ । सुरेन गौतमको शब्द तथा स्वर, कल्याण सिंहको संगीत रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोले प्रेम र जिम्मेवारीबिचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत छ । सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन् ।
भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा केन्द्रित छ, जसको सुरुवात विद्यालय जीवनदेखि हुन्छ । एक अर्कामा गहिरो माया राख्ने उनीहरू भविष्यको सुनौलो सपना बाँड्छन्, तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्ला दिशातर्फ डोर्याउँछ ।
गीतको भिडियो राज पोखरेलले छायाङ्कन गरेका हुन् भने सम्पादन विष्णुहरि तिमल्सेनाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?