शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ

शुक्रबार, १२ वैशाख २०८२, १८ : ०५
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट करिब १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमिका गाउँपालिका–१ छिन्ताङ्ग घर भएका ५७ वर्षीय धन बहादुर राई छन् ।

सशस्त्रको सुरक्षा बेश चतराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप