शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ

शुक्रबार, १२ वैशाख २०८२, १७ : ५६
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । मुम्बईको वेश्यालयमा लगेर नेपाली महिलालाई बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मानेभञ्ज्याङ घर भएका ६७ वर्षीय चमार तामाङ उर्फ चमारे छन् ।

उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।

काठमाडौँमा गलैँचा बुनेर बस्ने महिलालाई तामाङले ‘तिमीले हङकङ गएर सुन ल्याउन सक्छौ’ भनेर २०४४ मा काठमाडौँबाट मुम्बईमा लगेका थिए । मुम्बईमा रिता तामाङले सञ्चालन गरेको कोठीमा लगेर ती महिलालाई ८० हजारमा बेचबिखन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पीडितले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दिएकी थिइन् । सिन्धुपाल्चोक प्रहरीले पठाएको मिसिलको आधारमा ब्युरोले अनुसन्धान गरेर उनलाई पक्राउ गरेको हो ।

वैशाख ११ मा पक्राउ परेका आरोपी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप