बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै

नेपालगञ्ज । भूमि समस्या समाधान आयोगले बाँकेमा पहिलो चरणमा करिब सात सय जग्गाधनी पुर्जा वितरण गर्न लागेको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले त्यसका लागि हालसम्म करिब पाँच सय ६३ लालपुर्जाको प्रमाणीकरण भएको जानकारी दिए । तीमध्ये एक सय १२ जनाको सनाखत प्रक्रिया पूरा भएको र अन्यको लालपुर्जाको आवश्यक प्रक्रिया चलिरहेको उनले बताए ।
जिल्लाको कोहलपुर नगरपालिका–१ स्थित कौशिल्यानगरबाट यही २० गते लालपुर्जा वितरण प्रारम्भ हुने आयोगले जनाएको छ । भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न लागिएको तर धेरैजसो मान्छे घरमा नभएकाले केही कठिनाइ भइरहेको अध्यक्ष खनालको भनाइ छ ।
‘लगत्तै अव्यस्थित बसोबासी भएकालाई पनि जग्गाको लालपुर्जा वितरण हुनेछ । २० गतेबाट वितरण हुने लालपुर्जाको प्रमाणीकरणको काम शनिबारसम्म सक्नुपर्ने बाध्यता रहेको छ । बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा लालपुर्जा वितरणका लागि काम भइरहेको छ । कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिकाका केही वडामा लगत सङ्कलन, जानकी र नरैनापुरमा जग्गाको नापी कार्य जारी छ । जिल्लाका डुडुवाबाहेक सबै स्थानीय तहका सबै वाडामा नापी हुँदैछ’, उनले भने ।
विगतका आयोगबाट भएका अधुरा र अपूरा कार्यको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, बाँके, मालपोत कार्यालय कोहलपुर र नेपालगञ्जलाई पत्रचार गरेर क्रमशः सबैतिर जग्गाधनी लालपुर्जा वितरणको तयारी भइरहेको आयोगले जनाएको छ । केही दिनअघि नेपालगञ्जमा बसेको सर्वदलीय बैठकले यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासी लालपुर्जा वितरण गर्ने निर्णय गरेको थियो ।
हालम्म बाँकेमा ५४ हजार हाराहारीमा जग्गाको लालपुर्जाका लागि आवेदन परेका छन् । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन