सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह १० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै भारत भ्रमणमा जाने भएका छन् । भारतीय सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् । उनले भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने बताइएको छ ।
भ्रमण टोलीमा भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा.कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन् ।
मुख्यमन्त्री शाहले २५ जनालाई भारत भ्रमणमा लैजाने तयारी गरेका थिए । सोही अनुसारको प्रस्ताव भारतीय दूतावासमा पनि पठाएका थिए तर दूतावासले १० जनाको नाम मात्र स्वीकृत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल