शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर

शुक्रबार, १२ वैशाख २०८२, १६ : २८
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । बृहत्तर बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष भेषराज घिमिरे जबरजस्ती करणी उद्योगमा दोषी ठहर भएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश शम्भु गौतमको इजलासले बिहीबार घिमिरेलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको हो ।

घिमिरेविरुद्ध परिवर्तित नाम २०८० बराह क्षेत्र ए कुमारीले आफूमाथि घिमिरेले जाहेरी दिएकी थिइन् । ए कुमारीको जाहेरीले जिल्ला सरकारी वकिलको कार्यालयले घिमिरेविरुद्ध मुद्दा चलाएको थियो । घिमिरे २०८१ वैशाख ९ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

ए कुमारीले घिमिरेले आफू बसिरहेको कोठामा राति प्रवेश गरी जबरजस्ती करणी प्रयास गरेको जाहेरीमा बताएकी थिइन् । त्यसयता घिमिरेले आफू राधाकृष्ण भक्ति प्रतिष्ठान र जगद्गुरु पिठको खास व्यक्ति भएको भन्दै धम्काउने र र आर्थिक प्रलोभन देखाइ पटक–पटक करणीको प्रयास गरेको आरोप उनले लगाएकी थिइन् ।

बृहत्तर बराह क्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष, पूर्व सहप्राध्यापक, शङ्कराचार्य मठका पूर्वअध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप