शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

मधेस केन्द्रित दलले भारतमा भएको आतकङ्कारी हमलाको निन्दा गरे

शुक्रबार, १२ वैशाख २०८२, १६ : १६
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । भारतको जम्मु–काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलाप्रति तराई–मधेस केन्द्रित दलहरूले आपत्ति जनाएका छन् । 

दलहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दैै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनीहरूले यस दुःखको घडीमा आफूहरू भारतको साथमा रहेको प्रस्ट पारेका छन् ।

पहलगाममा भएको आतङ्ककारी आक्रमणमा बुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान गएको थियो । 

आतकङ्वादीको यो क्रुर कार्यले सबैको अन्तस्करणलाई हल्लाएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले धर्मको नाममा भएको आतङ्कवादी घटनाको निन्दा गरेका छन् ।

यस्तै, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आतङ्कवादविरुद्ध विश्व एक भएर लड्नुको विकल्प नरहेको बताएका छन् । आतंकवादको कुनै जात, धर्म र राष्ट्र नहुने भन्दै उनले यसले सम्पूर्ण मानव सभ्यतालाई नै समाप्त पार्न खोज्ने भएकाले यस्तो घृणित कार्यलाई स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् ।

यस्ता आपराधिक घटनाबाट भारत सरकार अलिकति पनि विचलित नभई अगाडि बढ्ने उनको विश्वास छ ।

जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले आतकंवादी हमलाको घोर निन्दा गर्दै मानवतालाई नै लज्जित गर्ने यस्ता अमानीय कुकृत्यलाई कुनै पनि अधारमा स्वीकार गर्न नसकिने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप