शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’

शुक्रबार, १२ वैशाख २०८२, १५ : ५२
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सबभन्दा धेरै समस्या प्रदेशका कारण भएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भने, ‘लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन हामी एक हुनुपर्छ, भ्रष्टाचारीसँग हामी लाग्दैनौ ।’  

उनले अहिले सबभन्दा ठुलो समस्या प्रदेशका कारण भएको पनि बताए ।

‘प्रदेश भएका ठाउँमा बासको पुल तर्नलाई जनताले २० रुपैयाँ तिर्नुपर्ने भएको छ’, केसीले भने, ‘संघीय प्रणाली ल्याएपछि स्वीजरल्याण्ड बनाउछौ भनेको होइन तपाईहरुले ? महोत्तरी र सिराहा जोड्ने एउटा बासको पुल छ त्यहाँ एक पटक तर्दा २० रुपैयाँ तिर्नुपर्छ । यहीं हो तपाईहरुले स्वीजरल्याण्ड बनाएको नेपाल ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप