शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

ठेकेदारले समयमा काम गर्न नसकेपछि तोडियो फिर्के खोला पुल निर्माणको ठेक्का

शुक्रबार, १२ वैशाख २०८२, १५ : ४७
शुक्रबार, १२ वैशाख २०८२

पोखरा । ठेकेदारले समयमा काम नसकेपछि आजित बनेको सरकारले पोखराको फिर्के खोला पुल निर्माणको ठेक्का तोडेको छ ।

पोखरा महानगरपालिका ४ र ५ नम्बर वडा जोड्ने फिर्के खोलामाथिको पुल बनाउने ठेक्का पाएको श्री शान्ति–आरोग्य जेभीलाई पटक पटक म्याद थपिदियो । तीन पटक म्याद थप्दा पनि काम नभएपछि अन्ततः ठेक्को तोड्ने निर्णयमा पुगेको हो । 

उक्त पुल ६ वर्षदेखि अलपत्र छ । पछिल्लो पटक थपिएको म्याद पनि गत वर्ष असारमा सकिएको हो । पहिलो सम्झौता अनुसार २०७८ सालमा निमार्ण सकिनुपर्ने थियो । यो बीचमा तीन पटक म्याद दिइयो ।

म्याद थपेर पनि पुल निर्माणको काम निर्धारित कार्यतालिका अनुसार अघि नबढेपछि सम्झौता खारेज गरिएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

पुल निर्माणका लागि २०७५ सालमा सम्झौता गरिएको थियो । भ्याट सहित १७ करोड १० लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरिएको हो । जीरोदेखि हरिचोकसम्म ६ लेनको सडक बनिसकेको छ ।

सडक विस्तार भएपछि पुल साँघुरो भएको भन्दै आलोचना भयो । सरकारले पुल पनि ६ लेनमा विस्तार गर्ने निर्णय अनुसार ठेक्का दियो । तर ठेकेदारले काम गरेनन् । 

ठेकेदारले असारभित्र काम सक्ने प्रतिबद्धता जनाउँदै फेरि म्याद थपको लागि निवेदन दिएको थियो । तर, डिभिजन सडक कार्यालयले ठेक्का अन्त्य गर्ने निर्णय गर्दै बिहीबार सूचना सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप