शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
वार्तामा महासंघ

२५ जना शिक्षक नेताहरू सिंहदरबारमा

शुक्रबार, १२ वैशाख २०८२, १५ : २५
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् ।

 गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू सरकारसँग छलफल गर्न भन्दै शुक्रवार दिउँसो सिंहदरबार गएका हुन् । 

शुक्रवार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले वार्ताका लागि छुट्टाछुट्टै रूपमा आह्वान गरेका थिए । त्यसपछि छलफलका लागि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका हुन् । 

महासंघका महासचिव तुला थापाले वार्ताको आह्वानपछि छलफलका लागि मन्त्रालयतर्फ लागेको बताए । सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि महासंघले आन्तरिक छलफल गरेको थियो । 

छलफलमा बस्ने आन्तरिक सहमतिको जानकारीपछि महासंघको तर्फबाट २५ जनालाई सिंहदरबारको गेटपास उपलब्ध गराइदिन शिक्षा मन्त्रालयले प्रहरीलाई पत्र पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप