शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी

शुक्रबार, १२ वैशाख २०८२, १५ : ०२
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् । 

 चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएसँगै कोटेश्वरमा भाटभटेनीमा लुटपाट भएको थियो ।  सो सो लुटपाटमा पक्राउ पर्ने एक जना नेपाली कांग्रेसका नेताका छोरा रहेको लिङ्देनले दाबी गरेका हुन् । 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै लिङ्देनले रक्सी लुटेर जाँदै गर्दा पक्राउ गरिए पनि पछि कांग्रेस नेताका छोरा भएकै थाहा भएर छोडिएको बताए । त्यसबारे आफूहरूसँग प्रमाण रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप