काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाउन प्रस्ताव गरेका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौंभित्र धेरै सम्पदाहरु रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताए ।
यसले पर्यटकलाई निश्न्ति भएर घुम्न मिल्ने र सम्पदाको पनि संरक्षण हुने विश्वास व्यक्त गरे । उनले नेपालमा जतिसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने भन्दै त्यसका लागि सचेत भएर बस्नुपर्ने बताए । उनले यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्न जरुरी रहेको बताए ।
मन्त्री पाण्डेले भने, ‘हामी कहाँ भूकम्प जुनसुकै बेला, जति पनि ठूलो आउनसक्छ भन्ने त्यत्ति नै जोखिम छ । त्यसैले हामीले बनाउने सम्पदाहरु भूकम्प जुनसुकै बेला र जति पनि ठूलो आउनसक्छ । यसबाट जोगिनुपर्छ भन्ने कोणबाट पनि हामी सचेत हुन जरुरी छ । यसका लागि तीन तहकै सरकारहरुले मिलेर काम गर्नुपर्छ । कतिपय ठाउँहरुले पुरातत्वलाई जोगाउनका लागि हाम्रा अभ्यासहरुलाई, हाम्रा जीवनशैलीलाई पुरातात्विक ढंगले नै हामीले अपनाउने गरी पूर्वाधारहरु खडा गरौँ भन्ने ठान्दो रहेछ । सम्पदा जोगाउनका लागि त्यहाँ मानिसहरु गाडी पनि चलाउँदैनन् । त्यहाँ अरु कुनै भौतिक साधन, आधुनिक साधनहरु चलाएर भ्रमण पनि गर्दैनन् । हामीले सम्भव भयो भने काठमाडौंभित्र थुप्रै सम्पदाहरु छन् । स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुमा हामीले बिस्तारै यस्तो सर्किट डेभलप गरौँ । जहाँ मानिसहरु निर्वाध ढंगले हिँड्न पाओस् । पछाडिबाट गाडी आउँछ की, हर्न बजाउँछ की, छून्छ की भन्ने भय नहोस् । पैदल यात्री मात्रै हिँड्न मिल्छ भनेर एउटा सर्किटको डेभलप गर्ने काम गरौँ । काठमाडौं उपत्यकालाई सम्पदा यात्राको रुपमा, सर्किटको रुपमा विकास गर्ने हो भने यसको प्रभाव अन्य ठाउँमा पर्नेछ ।’
मन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउने काम गर्न जरुरी रहेको बताए । भूकम्पपछिको पुनःनिर्माणसँगै नेपालीको आस्था, धारोहर र आत्मविश्वास उठेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?