शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्‍याएपछि सार्वजनिक गर्नुहुने हो ?’

शुक्रबार, १२ वैशाख २०८२, १४ : ४१
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसदमा उठाएको छ ।

माओवादी नेता वर्षमान पुनले पार्टीका तर्फबाट धारणा राख्दै १० महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकोमा आपत्ति जनाएका हुन् । 

यसले सुशासनको धज्जी उडाएको उनले बताए । ‘सरकार निर्माण भएको १० महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । कति सम्पत्ति आर्जन गरेपछि सार्वजनिक गर्ने योजना बनाउनु भएको छ, कृपया जानकारी गराइदिनुहोला,’ पुनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप