शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले

शुक्रबार, १२ वैशाख २०८२, १४ : २९
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा एमालेले प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखा परे त्यही अन्त्य गरिनुपर्ने बताएको छ । एमालेले राजावादीहरूले गत चैत १५ गते हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउन गरेको प्रयासलाई निस्तेज पार्न खुट्टा नकमाउन आग्रह गरेको हो ।

प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै नेता गोकर्णराज विष्टले जनताका संवैधानिक आकाङ्क्षालाई पछाडि धकेल्ने हर्कत देखाउनेलाई कारबाही गर्न खुट्टा नकमाउन आग्रह गरे । 

‘चैत १५ गते राजावादीले तीनकुनेमा हर्कत देखाए । उनीहरूले विचार र अभिव्यक्ति राख्ने हिसाबले मात्रै कार्यक्रम गरेनन् । हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउने प्रयास गरे,’ विष्टले भने-‘जनताका संवैधानिक आकाङ्क्षालाई पछाडि धकेल्ने प्रयास गर्ने यो हर्कत देखाउनेलाई कारबाही गर्न खुट्टा नकमाओस्, संविधान र कानुनको दायरामा ल्याओस् ।’

उनले संविधानमा कसम खाने तर संविधानलाई कमजोर बनाउने काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । जनताले यो व्यवस्थालाई अति उन्नत बनाउने जिम्मेवारी दिएको बताए । लोकतन्त्रमा सरकार, दलका नेता, नेतृत्व बल्ने अधिकार राख्ने बताए । 

जन्मदासाथ शासक बन्ने र नमर्दासम्म रहिरहने व्यवस्थाले युवाको चाहनालाई सम्बोधन गर्न नसक्ने विष्टको भनाइ छ । ‘जन्मदासाथ शासक बन्ने र नमर्दासम्म रहिरहने व्यवस्थाले युवाको चाहनालाई सम्बोधन गर्न सक्दैन । नागरिकले निरङ्कुशता खोजिरहेका छैनन् । जनताले व्यवस्थाको विकल्प खोजेका छैनन्,’ विष्टले भने  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप