धरहरामा भूकम्प स्मृति सभा (तस्बिरहरु)

काठमाडौं । गोरखा भूकम्पको १० औं स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ। स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु तथा अन्य सहभागीहरुले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा मैनबत्ती बालेका थिए। धरहरा परिसरमै भूकम्प सुरक्षा सम्बन्धि उपकरण तथा सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो।
दश वर्षअघि आजकै दिन (२०७२ वैशाख १२ गते) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरवारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौंको क्षति हुन पुगेको थियो।
सोही भूकम्पमा परी धरहरा पनि ढलेको थियो। ढलेको धरहरा जस्ताको तस्तै संरक्षण गरी सँगै अर्को धरहरा निर्माण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन