ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक

काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक भएको छ । एक जना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बिहीबार सार्वजनिक भएको भिडियोबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गरिरहेको बेला दोस्रो भिडियो सार्वजनिक भएको हो । शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो आफूहरूले हेरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘भिडियो हाम्रो जानकारीमा छ, कताको हो भन्नेबारे बुझ्दैछौँ ।’
यसअघि सार्वजनिक भएको ४ जना ट्राफिक मिलेर एक जना सर्वसाधारणलाई कुटेको घटना २०८१ मङ्सिर २३ मा सुनधारास्थित आकाशे पुलमुनि भएको पाइएको छ । कुटपिटमा संलग्न जवान सहित घटनास्थलमा देखिएका ४ जनालाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा झिकाइएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘दिउँसो १ बजेतिर कुटपिट भएको रहेछ, त्यसबारे छानबिन गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ