१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लबका प्रभावशाली स्ट्राइकर जेमी भार्डीले क्लब छाडने घोषणा गरेका छन् । ३८ वर्षीय भार्डीले जारी सिजनको अन्त्यसँगै आफूले लेस्टर सिटी छाडने निर्णय लिएको जानकारी दिएका हुन् ।
लामो समय लेस्टर सिटीमा बिताएका भार्डीले आफ्ना लागि क्लब छाडने उपयुक्त अवसर यही भएको पनि बताएका छन् । ‘लेस्टर सिटीसँग मेरो भावनात्मक सम्बन्ध छ । त्यसैले यो निर्णय लिनु मेरा लागि सहज थिएन । तर, उपयुक्त समय यही नै हो,’ समर्थकका लागि जारी गरेको विदाई सन्देशमा उनले भनेका छन् ।
निरन्तर १३ वर्ष बिताएर उनले लेस्टर सिटी छाडने निर्णय लिएका हुन् । उनी सन् २०१२ मा लेस्टर सिटीमा आबद्ध भएका थिए । त्यतिबेला उनी इङ्ल्यान्डकै क्लब फ्लिटउड टाउनबाट १० लाख पाउण्डमा लेस्टर सिटी आएका थिए ।
लेस्टर सिटीले भार्डीलाई क्लबको इतिहासकै सबैभन्दा महान खेलाडीमध्येको एक भनेको छ । उनले लेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि पनि चुमाए । लेस्टर सिटीले सन् २०१५–१६ सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो ।
लेस्टर सिटीले जितेको यो एकमात्र प्रिमियर लिग उपाधि हो । यसका अतिरिक्त भार्डीले लेस्टर सिटीलाई एफए कप र कम्यूनिटी शिल्लको उपाधि पनि चुमाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटीले दुईपटक च्याम्पियनसिपको उपाधि पनि चुमेको थियो ।
भार्डीले लेस्टर सिटीबाट कुल पाँच सय खेल खेलेका छन् । यो अवधिमा उनले क्लबका लागि कुल दुई सय गोल गरेका छन् । भार्डीले आगामी मे १८ तारिखमा लेस्टर सिटीका लागि अन्तिम खेल खेल्नेछन् । लेस्टर सिटीले उक्त खेल ईप्सविचविरुद्ध खेल्नेछ ।
जारी सिजनको प्रिमियर लिगमा भने लेस्टर सिटी रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ । ३३ खेलबाट केवल १८ अंक बटुलेको लेस्टर सिटी तालिकाको १९औँ स्थानमा आसिन छ । जारी सिजनको प्रिमियर लिगमा अब लेस्टर सिटीले पाँच खेल खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल