शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान

शुक्रबार, १२ वैशाख २०८२, १२ : ५८
शुक्रबार, १२ वैशाख २०८२

बैंकक । थाइल्यान्डमा शुक्रबार एउटा ठुलो दुर्घटना भएको छ । विमान अचानक दुर्घटनाग्रस्त भएर समुद्रमा खसेपछि दुई टुक्रा भएको छ । विमान भित्र ६ जना प्रहरी थिए । यस घटनामा सबै जनाको मृत्यु भएको छ । 

दुर्घटना भएको क्षेत्रमा त्रासको वातावरण छ । थाइल्यान्डको एक प्रसिद्ध समुद्री तटीय सहरमा दुर्घटना भएको थियो । एउटा सानो विमान उडान भर्ने क्रममा अचानक समुद्रको माथि दूघर्टनाग्रस्त भयो । यस दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रोयल थाई प्रहरीका प्रवक्ता आर्चायोन क्राइथोङले दुर्घटनाको पुष्टि गरेका छन् । हुआ हिन जिल्लामा प्यारासुट प्रशिक्षणको तयारीका लागि परीक्षण उडानमा रहँदा विमान अचानक दुर्घटनाको सिकार भएको उनले भनेका छन् । 

दुर्घटना शुक्रबार बिहान ८ः१५ बजे भएको थियो । विमान दुर्घटनाग्रस्त भएपछि विस्फोटको आवाज टाढासम्म सुनिएको थियो । थाइल्यान्डको फेत्चाबुरी राज्यको चा–आम रिसोर्ट नजिकै भएको यो दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । घटनाबारे छानबिन सुरु भएको छ । विमानको ब्ल्याक बक्स फेला परेको छ । यसबाट दुर्घटनाको वास्तविक कारण पत्ता लाग्ने आशा गरिएको छ । 

विमानले आपत्कालीन अवस्थामा प्रहरीलाई प्यारासुट तालिम दिँदै थियो । अचानक विमानले सन्तुलन गुमायो र समुद्रमा खस्यो । पाँच जना अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो भने छैटौँ व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार विमान जमिनबाट १०० मिटर तल समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । विमान अचानक दुई भागमा टुक्रिएको थियो । मृतक सबैको शव समुद्रबाट निकालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप